अक्सिजन प्लान्ट विष्फोटबारे छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन
काठमाडौं, वैशाख ८ : गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन्।गृहमन्त्री खाणले गृहसचिव टेकनारायण...
काठमाडौं, वैशाख ८ : गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिएका हुन्।
ललितपुरका प्रजिअ उपाध्यायका अनुसार विष्फोटमा एकजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते र सातजना घाइते भएका छन्। घाइते अस्पतालमा लगिसकिएकाे प्रजिअ उपाध्यायले बताए।
अक्सिजन भर्ने क्रममा एक्कासि विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ। प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरेकाे छ।











