Kathmandu Press

चीनियाँ राष्ट्रपतिको भ्रमणमा एक करोडको फूल

काठमाडौं, असोज २८ : चीनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन भ्रमणका लागि एक करोडको फूल प्रयोग गरिएको पाइएको छ।

चिनियाँ राष्ट्रपति सीले अ....

चीनियाँ राष्ट्रपतिको भ्रमणमा एक करोडको फूल
काठमाडौं प्रेस

काठमाडौं, असोज २८ : चीनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिन भ्रमणका लागि एक करोडको फूल प्रयोग गरिएको पाइएको छ।

चिनियाँ राष्ट्रपति सीले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गरेका थिए। त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी मोडसम्म सडक सजाइएको थियो। उनी सोल्टी होटलमा बसेका थिए।

Hardik ivf

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी मोडसम्म सडक किनारमा सजाउन एक करोडको फूल किनिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। ‘सरकारले एक करोड जतिको फूल किनेको थियो, त्यो फूल नेपालबाटै आपूर्ति गरेका थियौं,’ फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले भने।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा तीनकुने पनि सजाइएको थियो। त्यसको तीनैतिर फूल रोपिएको थियो। केही ठाउँमा गमलामा सजाएर राखिएको थियो। फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष श्रेष्ठका अनुसार, तीनकुनेका लागि मात्रै सरकारले २६ लाखको फूल खरिद गरेको थियो।

विदेशी पाहुना आएपछि मात्रै सरकारले फूलको महत्व बुझेको उनको भनाइ छ। जसले गर्दा एक करोडको फूल खरिद भएको उनले बताए। ‘सरकारले हामीसँगको  सहकार्यमा ५० लाख, तीनकुनेका लागि २६ लाख र अन्य गरेर जम्माजम्मी एक करोड मूल्य बराबरको फूल किनेको हो,’ अध्यक्ष श्रेष्ठले  भने।

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्केसँगै सडक किनारमा राखिएका फूलका गमला हटाउन थालिएको छ। माइतीघर मण्डल, बानेश्वरलगायतका विभिन्न स्थानका गमला हटाइसकिएको छ।

त्यस्तै, तीनकुनेका फूलका गमला पनि हटाइएको छ। तीनकुनेको तीनैतिर रोपिएका फूलमा भने पानी छर्किन थालिएको छ। अन्य सडक किनार राखिएका गमला भने केही काठमाडौं महानगरपालिकाले त केही स्थानीय बासिन्दाले लगिसकेका छन्।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्