Kathmandu Press

तातो कुँढोमा परेर बालिकाको ज्यान गयो

तनहुँ, वैशाख ८ : गाईवस्तुका लागि पकाएको तातो कुँढो (खोले) मा परेर तनहुँमा एक बालिकाको ज्यान गएको छ।तनहुँको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया...
तातो कुँढोमा परेर बालिकाको ज्यान गयो
Hardik ivf

तनहुँ, वैशाख ८ : गाईवस्तुका लागि पकाएको तातो कुँढो (खोले) मा परेर तनहुँमा एक बालिकाको ज्यान गएको छ।

तनहुँको भानु नगरपालिका–१२ रतनपुरकी दुई वर्षीया आरोही घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ। आफ्नै घरमा पकाइरहेको तातो कुँढोमा परेकी उनलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो।

उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज खड्काले बताए। उनका आरोहीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ज्यान गएको हो।

प्रकाशित मिति: ०७:३६ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्