Kathmandu Press

आर्मीलाई मुख्यमन्त्री कबड्डी प्रतियोगिताको उपाधि

धनगढी, वैशाख ८: मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ।अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि...
आर्मीलाई मुख्यमन्त्री कबड्डी प्रतियोगिताको उपाधि

धनगढी, वैशाख ८: मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ।

अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो। आर्मीले एपीएफलाई ४०–१६ ले हरायो।

Hardik ivf

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। उपविजेता एपीएफले ८० हजार हात पारेको छ। 

तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४०\४० हजार रुपैयाँ प्राप्त गरेका छन्। सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले पुरस्कार प्रदान गरे। (रासस)

प्रकाशित मिति: ०६:४८ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्