Kathmandu Press

ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौं, वैशाख ८ : सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दोहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्यमा रोक लगाउन सरकारका नाममा परमादेश दिएको छ।कायममुकाय...
ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौं, वैशाख ८ : सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दोहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्यमा रोक लगाउन सरकारका नाममा परमादेश दिएको छ।

कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले परमादेश दिएको हो।

परमादेशमा भनिएको छ, 'प्राकृतिक स्रोतको दोहन गरी गिट्टी, ढुङ्गा, बालुवा आदि निकासी गर्ने कार्य सम्बन्धमा संविधानको भावना र मर्म अनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानूनले अन्यथा व्यवस्था नगरेसम्म सो अनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू/नगराउनू ।'

अदालतको आदेशसँगै सरकारले कानून बनाएर मात्र ढुङ्गा–गिट्टी निकास गर्न पाउनेछ। अदालतले वातावरण संरक्षणको प्रभावकारी व्यवस्था मिलाउन र प्राकृतिक स्रोत साधनको प्रयोगका लागि नीतिगत पुनरावलोकन गर्नु तथा वातावरण संरक्षणको सन्दर्भमा प्रभावकारी संयन्त्र निर्माण गर्नसमेत भनेको छ।

शैलेन्द्रप्रसाद अम्वेडकरसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए। त्यहि रिट निवेदनमा सुनुवाइ गर्दै संवैधानिक इजलासले परमादेश दिएको हो।

प्रकाशित मिति: ०६:३३ बजे, बिहीबार, वैशाख ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्