दशैंका लागि ल्याएका च्यांग्रा मूल्य घटाएर बेचिँदै
काठमाडौं, असोज २८ : दशैंका लागि नेपाल खाद्य संस्थानको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले खसी र च्यांग्रा ल्याएको थियो। खसी बिक्री भएपनि च्यांग्रा भने....

काठमाडौं, असोज २८ : दशैंका लागि नेपाल खाद्य संस्थानको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले खसी र च्यांग्रा ल्याएको थियो। खसी बिक्री भएपनि च्यांग्रा भने केही बिक्री भएका छैनन्।
दशैंका लागि ल्याएका सबै च्यांग्रा बिक्री नभएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ। धेरै च्यांग्रा आपूर्ति भएकाले बिक्री नभएको कम्पनीले जनाएको छ।
कम्पनीले यस वर्षको दशैंका लागि एक हजार नौ सय २० वटा च्यांग्रा ल्याएको थियो। त्यसमध्ये आइतबारसम्म एक सय पाँच च्यांग्रा बाँकी रहेको कम्पनीले जनाएको छ।
अहिले च्यांग्रोको मूल्य घटाएर बिक्री गर्न लागिएको खाद्य संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले बताए। दशैंमा सात सय ३० रुपैयाँ तोकिएको थियो भने अहिले सात सयमा बिक्री भइरहेको उनले बताए।
मंगलबारसम्म अझै ५० भन्दा बढी च्यांग्रा बाँकी रहेको संस्थानले जनाएको छ। ‘मूल्य घटाएपछि बिक्री हुन थालेको छ, त्यति गर्दा पनि थप बिक्री नभए अन्य उपाय सोच्छौं,’ महाप्रबन्धक गौचनले काठमाडौं प्रेससँग भने।
दशैं अवधिभरमा खसि र च्याङग्राको मासुमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको थियो। बजारभन्दा प्रतिकिलो एक सय पाँच रुपैयाँ सस्तो भएपछि खसी भने बिक्री भएको थियो।












-(7)-1765197040.jpg)