जनकपुरधाममा जसपालाई मेयर दिने निर्णय गरेपछि कांग्रेसद्वारा प्रदर्शन
काठमाडाैं, बैशाख ७ : कांग्रेसका नेता/कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका छन्। सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जसपालाई दिने सहमति गरेपछि जनकपुरधामको स्थानीय मुरली चोकमा टायर...काठमाडाैं, बैशाख ७ : कांग्रेसका नेता/कार्यकर्ताले जनकपुरधाममा प्रदर्शन गरेका छन्। सत्तारुढ गठबन्धनले जनकपुरधामको मेयर जसपालाई दिने सहमति गरेपछि जनकपुरधामको स्थानीय मुरली चोकमा टायर बालेर प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले ‘नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन्।
नेपाली कांग्रेस नगर समितिका कोषाध्यक्ष वीरेन्द्र यादवको अगुवाइमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध प्रदर्शन भएको हाे।
प्रकाशित मिति: २०:४२ बजे, बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











