Kathmandu Press

भक्तपुरकाे प्रतीक्षालयमा पुरुषको शव भेटियो

भक्तपुर, बैशाख ७ : चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ। ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन...
भक्तपुरकाे प्रतीक्षालयमा पुरुषको शव भेटियो

भक्तपुर, बैशाख ७ : चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ। ताथलीको नाला सडकको सोल्टी मोडमा सडकपेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ।

करिब ३५/३६ वर्षको कालो वर्णको तराईवासी जस्तो देखिने पुरुषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीले शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: २०:०२ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्