गठबन्धनको सहमति उल्लंघन गर्ने छुट कसैलाई छैन् : गृहमन्त्री खाँण
काठमाडौैं, वैशाख ७ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलबीचको सहमति कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्।गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित...
काठमाडौैं, वैशाख ७ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलबीचको सहमति कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्।
गृह जिल्ला रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा उनले सत्तारूढ दलबीच केन्द्रमा हुने सहमति कार्यान्वयन नगर्नेलाई कारबाही गर्ने बताएका हुन् ।
निर्वाचनमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताए। उनले जनताको नजिकको सरकार भएकाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गरे।
गृहमन्त्री खाँणले पहिले स्थानीय तहको निर्वाचन विभिन्न चरण हुने गरे पनि अहिले एकैपटकमा एकैदिन गर्न लागिएकाले सुरक्षा चुनौती हुन सक्ने भएकाले सुरक्षा निकायसँगको समन्वयमा उचित प्रबन्ध गरिएको बताए।
प्रकाशित मिति: १९:५६ बजे, बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











