एनआरएनलाई नेपाली धितोपत्र बजारमा लगानीको बाटो खुल्ला गर्छौं : अर्थमन्त्री खतिवडा
काठमाडौं, असोज २८ : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई नेपाली धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने भएको छ।
ए....
काठमाडौं, असोज २८ : गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई नेपाली धितोपत्र बजारमा लगानी गर्न पाउने व्यवस्था छिट्टै कार्यान्वयनमा आउने भएको छ।
एनआरएनको नवौ विश्व सम्मेलनमा अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारमा एनआरएनलाई लगानी गर्न पाउने व्यवस्था खुल्ला गर्ने घोषणा गरेका हुन्। एनआरएनले लामो समयदेखि धितोपत्र बजारमा लगानीको मागलाई सम्बोधन गर्नका सरकार प्रतिवद्व रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो।
एनआरएनको लगानी धितोपत्रमा आवश्यक रहेको सरकारले बुझेको बताउँदै अर्थमन्त्री खतिडाले छिट्टै बाटो फुकाउनेगरी कार्य भईरहेको बताए।
एनआरएनको नेपालमा वार्षिक ६० अर्ब लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले सरकार त्यसका लागि कानुनि बाटो खुल्ला गर्न तयार रहेको बताए।






