Kathmandu Press

सैनिक आचार संहिता कार्यक्रम–२०७९ शुरु 

सैनिक आचार संहिता कार्यक्रम–२०७९ शुरु 

काठमाडौं, वैशाख ७ : नेपाली सेनाको फौजमा अनुशासन र इमानदारितामा प्रश्न उठ्दै आएकोमा सेनामा कार्यरत सकलदर्जाको लागि सैनिक आचारसंहिता कार्यक्रम–२०७९ बुधबारबाट सुरु भएको छ ।

आफू पदमा बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरूका बारेमा सु–सूचित गरी अनुशासित, आचरणयुक्त र जिम्मेवारपूर्ण सैनिक बनाउने उदेश्यले सो कार्यक्रम आयोजना गरिएका सेनाले जनाएको हो ।

सैनिक आचार संहिता संग्रह–२०७६ मा उल्लेखित विषयहरूमा शिक्षित गर्ने उद्देश्य अनुरूप दुईदिनसम्म कार्यक्रम सञ्चालन हुनेछ ।  

जङ्गी अड्डामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै बलाधिकृत रथी बालकृष्ण कार्कीले सैनिक आचार संहिता कार्यक्रम–२०७९ बाट सेनाको सबै तहका कमाण्डर लगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि गर्न कार्यक्रम उपयोगी हुने बताए । 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्