पल शाह प्रकरण : नवलपुर अदालतमा पनि बालिकाले फेरिन् बयान
काठमाडाैं, बैशाख ७ : जबर्जस्ती करणीकाे आराेप लागेका अभिनेता पल शाहकाे मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन्। उनले आफूमाथि...
काठमाडाैं, बैशाख ७ : जबर्जस्ती करणीकाे आराेप लागेका अभिनेता पल शाहकाे मुद्दामा पीडित बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन्। उनले आफूमाथि जबर्जस्ती करणी नभएकाे र अभियुक्त मानिएका पल शाह निर्दाेश रहेकाे बताएकी हुन।
उनले तनहुँ जिल्ला अदालतमाझैं नवलपुर जिल्ला अदालतमा पनि अभिनेता शाह निर्दाेश रहेकाे भनी बकपत्र गरेकी हुन् ।
‘सरकारी वकिलहरुले २०/२२ वटा प्रश्न सोधेर जिरह गर्नुभयो। त्यति हुँदा पनि पीडितले कलाकार शाह निर्दोष रहेको र उनले आफूमाथि केही नगरेको बयान दिइन्’ जिल्ला अदालतका एक कर्मचारीले भने, ‘तनहुँमाझैं सामाजिक रुपमा चौतर्फी प्रश्न उठेकाले आफूले आवेशमा आएर प्रहरीमा बलात्कार भएको भनी बयान दिएको उनको भनाइ थियो।’
जिल्ला अदालतले अब बालिकाका बाबु र अरु साक्षीहरुको बकपत्र गराउनेछ।
प्रकाशित मिति: १८:५२ बजे, बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












