Kathmandu Press

कांग्रेस केन्द्रीय समितिको निर्णयविपरीत गठबन्धनका नाममा तालमेल : डा. काेइराला

काठमाडाैं, वैशाख ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णयविपरीत कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन्।नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको...
कांग्रेस केन्द्रीय समितिको निर्णयविपरीत गठबन्धनका नाममा तालमेल : डा. काेइराला

काठमाडाैं, वैशाख ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णयविपरीत कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन्।

नेविसंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोईरालाले केन्द्रीय समितिको निर्णयविपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन्।

केकति कारणले कम्युनिस्टसँग मिल्नुपर्ने अवस्था आयो भन्ने विषयमा नेतृत्वले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले  कांग्रेसका उम्मेदवार जिताउन सबै लाग्नुपर्ने धारणा राखे।

नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्न कम्युनिस्टको सहारा नचाहिने स्पष्ट पारे।

३६ लाख नयाँ मतदाता थपिएको  बताउँदै नेता कोइरालाले नयाँ मतदातालाई कांग्रेस बनाउन नसके कांग्रेस कमजोर हुने बताए।

कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एक भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए।

उनले चुनावमा हुने पदको बार्गेनिङसँग कांग्रेस डराउन नहुने तर्क गरे। चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भए पनि अहिले त्यस्तो हुन नसकेको उनले बताए। 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्