Kathmandu Press

चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण गरे एक लाखसम्म जरिबाना 

काठमाडौं, वैशाख ७ : निर्वाचन आयोगले स्थानीय तहका लागि जारी गरेको निर्वाचन आचारसंहिता उल्घनन हुने सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न आग्रह गरेको...
चुनाव चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण गरे एक लाखसम्म जरिबाना 

काठमाडौं, वैशाख ७ : निर्वाचन आयोगले स्थानीय तहका लागि जारी गरेको निर्वाचन आचारसंहिता उल्घनन हुने सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

आयोगले आज विज्ञप्ति जारी गरी आचारसंहिता उलंघन हुने राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट,  टि–सर्ट, टोपी वा क्याम्प, गम्छा, मास्कलगातयका सामग्री बिक्री वितरण भइरहेको जानकारी आएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको हो ।

“देशका विभिन्न स्थानमा राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट, वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटु जस्ता साङ्केतिक सामग्री लगायतका प्रचार सामग्रीहरू उत्पादन तथा बिक्री वितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकाले त्यस्ता सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनैपनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गरी दिन आयोग अनुरोध गर्दछु,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लघंन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्ने कानूनी व्यवस्था रहेको चेतावनी समेत आयोगले दिएको छ । 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्