Kathmandu Press

महरालाई अस्पतालबाटै लगियाे जिल्ला अदालत

काठमाडौं, असोज २८ : बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पतालबाटै काठमाडौं जिल्ला अदालत लगिएकाे छ।

संसद सचिवा....

महरालाई अस्पतालबाटै लगियाे जिल्ला अदालत
रिवाज राई

काठमाडौं, असोज २८ : बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई नर्भिक अस्पतालबाटै काठमाडौं जिल्ला अदालत लगिएकाे छ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महरालाई असोज १९ गते पक्राउ गरिएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो।

उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिएकाे हाे। उनलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिनेछ।

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्