Kathmandu Press

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद पक्राउ

जनकपुर, असोज २८ : बुद्ध एयरको जहाज उड्न ढिलो हुँदा काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै प्र....

बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद पक्राउ

जनकपुर, असोज २८ : बुद्ध एयरको जहाज उड्न ढिलो हुँदा काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै प्रहरीले त्रिभुवन विमास्थलबाट पक्राउ गरेको जनाएका छन्।

सर्लाही–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहले सोमबार बुद्ध एयरको जहाज डिले भएपछि काउन्टरमा तोडफोड गरेका थिए। जनकपुरबाट बुद्ध एयरको जहाज बिहान ११ः४० मा उड्नु पर्ने थियो। तर, तीन घण्टा ढिलो गरी उडेको थियो।

कुनै जानकारी नदिई जहाज डिले भएप्छि उनले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए।

उनीविरुद्ध नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जि जारी गर्नका लागि जिल्ला अदालतसँग आग्रह गरेको थियो। जिल्ला प्रहरी कार्यालयको आग्रहमा आज जिल्ला अदालतले पक्राउ पूर्जि जारी गरेको थियो।

त्यससँगै जिल्ला प्रहरी कार्यालयले पनि सांसद साहलाई पक्राउ गर्न देशभरका प्रहरी एकाईमा पत्रचार गरेको थियो।

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, असोज २८, २०७६