Kathmandu Press

मन्त्री कार्कीद्वार क्यान इन्फोटेकको मेला उद्घाटन

काठमाडौं, वैशाख ७ : सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७औं संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ।कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु...
मन्त्री कार्कीद्वार क्यान इन्फोटेकको मेला उद्घाटन

काठमाडौं, वैशाख ७ : सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७औं संस्करण बुधबारबाट काठमाडौंमा सुरु भएको छ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु मेलाको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे।

कार्यक्रममा मन्त्री कार्कीले सरकारले निजी क्षेत्रलाई अनुकूल हुनेगरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता जनाए। सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको जानकारी दिँदै उनले आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने बताए।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना गरिएको आयोजकले जनाएको छ।

क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्नेछ । क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतलाई राखिएको छ। 

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्