Kathmandu Press

पारश खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

काठमाडौं, असोज २८ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारश खड्काले पदबाट राजीनामा दिएका छन्।

उनले आज ट्वीट गर्दै राष्ट्रिय टोलीको कप्तानबाट रा....

पारश खड्काद्वारा राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा

काठमाडौं, असोज २८ : राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारश खड्काले पदबाट राजीनामा दिएका छन्।

उनले आज ट्वीट गर्दै राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले नयाँ सुरुआतका लागि पदबाट राजीनामा दिएको जनाएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार मात्रै नेपाल क्रिकेट संघ (क्यान)को निलम्वन फुकुवा गरेको थियो। निलम्वन फुकुवा भएसँगै पारशले कप्तानबाट राजीनामा दिएका हुन्।

उनले अहिलेसम्म आफूलाई सहयोग गर्ने खेलाडी, कोच, अम्पायर, ग्राउन्ड्सम्यान, शुभच्नितक र परिवारजनलाई धन्यवाद समेत दिएका छन्।

 

प्रकाशित मिति: १२:४६ बजे, मंगलबार, असोज २८, २०७६