Kathmandu Press

पोखरा महानगर कांग्रेसले नपाएपछि कार्यकर्ताको विरोध, पार्टी कार्यालयमा तालाबन्दी 

सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिका नेकपा (एकिकृत समाजवादी)लाई दिने निर्णयको विरोध गर्दै बुधबार कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला पार्टी कार्यालयमा  ताला लगाएको हो।
पोखरा महानगर कांग्रेसले नपाएपछि कार्यकर्ताको विरोध, पार्टी कार्यालयमा तालाबन्दी 

काठमाडौं, वैशाख ७ : नेपाली कांग्रेस कास्कीका जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाइदिएका छन्। 

सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिका नेकपा (एकिकृत समाजवादी)लाई दिने निर्णयको विरोध गर्दै बुधबार कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला पार्टी कार्यालयमा  ताला लगाएको हो।

महानगर कार्यसमितिका सचिव गणेश बहादुर थापाले महानगर कार्यसमितिलाई थाहै नदिई पोखरा महानगरको मेयर गठबन्धनका नाममा अर्कै पार्टीलाई दिने निर्णय गरेकाले आफूहरु आन्दोलित भएको बताएका छन्। 

पार्टी कार्यालयमा तालाबन्दी गरेपछि जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिलाई ध्यानाकर्षण पत्र पेश गरिएको सचिव थापाले जानकारी दिएका छन्। 

ध्यानाकर्षण पत्रमा पोखरा महानगरपालिका एकिकृत समाजवादीलाई दिने केन्द्रको प्रस्तावलाई गैरजिम्मेवारपूर्ण निर्णय भनिएको छ। ‘यस्तो गैरजिम्मेवारी निर्णयले पोखरा महानगरपालिका कार्यसमिति उपेक्षित भएको महशुस गरेका छौं,’ पत्रमा भनिएको छ। 

कार्यसमितिले स्थानीय तहको निर्वाचनमा विधान सम्मत तवरले महानगरको मेयर र उपमेयर पदको आकांक्षी उम्मेदवार समेत छनौट गर्ने प्रकृयामा रहेको अवस्थामा केन्द्रको निर्णयले जिल्लाका कार्यकर्ताको आत्मसम्मानमा गम्भिर चोट लागेको उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्