नियमित काममा फर्किए गभर्नर अधिकारी
काठमाडाैं, वैशाख ७ : सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन्।मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न...
काठमाडाैं, वैशाख ७ : सर्वोच्चको आदेशपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन्।
मंगलबार सर्वोच्च अदालतले गभर्नरलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन सरकारको नाम अल्पकालीन आदेश जारी गरेपछि अधिकारी बुधबारबाट नियमित काम फर्किनुभएको हो। राष्ट्र बैंक पुग्दा कर्मचारीहरुले अधिकारीलाई भव्य स्वागत गरेका थिए।
काममा फर्किएपछि गभर्नर अधिकारीले आफुले सिष्टमका लागि आवाज उठाएको भन्दै यसमा सवैले साथ दिएको धारणा राखे। राष्ट्र बैंक, गभर्नर, अर्थ मन्त्रालय व्यक्ति नभई संस्था भएकोले विभिन्न घटनापरिघटनाले यस्तो परिस्थिति ल्याउने र आफू आग्रह, पूर्वाग्रहबिना काम गर्ने उनले बताए।
यसअघि अर्थमन्त्रालयले अधिकारीमाथि छानविन समिति गठन गरेपछि निलम्बमा परेका थिए। त्यसपछि सर्वोच्च गएका अधिकारीलाई पदीय जिम्मेवारी गर्न दिनसमेत आदेश दिएको थियो।











