Kathmandu Press

महामन्त्री शर्माले मागे अर्थमन्त्री शर्माको राजीनामा!

काठमाडाैं, वैशाख ७ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरण र उनीमाथिको कारबाही तत्काल कार्यान्वयन नगर्नू भन्ने अल्पकालीन अन्तरिम आदेशलाई...
महामन्त्री शर्माले मागे अर्थमन्त्री शर्माको राजीनामा!

काठमाडाैं, वैशाख ७ : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन प्रकरण र सरकारबाट उनीमाथि भएको कारबाही तत्काल कार्यान्वयन नगर्नू भन्ने सर्वोच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेशलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्।

कतिपयले यही घटनालाई लिएर अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै टिप्पणीसमेत गरेका छन्। यही मेसोमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि नैतिक मूल्यको प्रश्न उठाउँदै अर्थमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका छन्।

महामन्त्री शर्माले आज (बुधबार) समाजिक सञ्जालमार्फत सांकेतिक रूपमा अर्थमन्त्री शर्माको राजीनामा मागेका हुन्। उनले ट्विटरमार्फत नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई पनि सम्झेका छन्, जसले गभर्नर बिदाइ गर्ने आफ्नो प्रस्तावलाई अदालतले उल्ट्याइदिएपछि राजीनामा दिएका थिए।

उनले राजनीतिमा नैतिक मूल्यको प्रस्तुतिलाई महत्व दिनुपर्नेमा पनि जोड दिएका छन्।

महामन्त्री शर्माले लेखेका छन्, ‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस् नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !’

उनले यो पनि लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ, कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो’

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्