Kathmandu Press

आलमलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

रौतहट, असोज २८ : बम बिस्फोटमा घाइते भएका पाँच जनालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमत....

आलमलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

रौतहट, असोज २८ : बम बिस्फोटमा घाइते भएका पाँच जनालाई जिउँदै जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

मंगलबार आलमलाई जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत, रौतहटमा पेश गरेको थियो। उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई अनुमति दिएको छ।

उनलाई असोज २६ गते रौतहटबाट पक्राउ गरिएको थियो। उनीमाथि २०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका पाँच जनालाई ईटा भट्टामा जलाएर मारेको अभियोग लागेको छ।

उनीविरुद्ध २०६५ मा किटानी जाहेरी परेको थियो। तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन्।

उनलाई प्रक्राउ नगरिएको विषयमा सर्वोच्च अदालतमा समेत रिट परेको थियो। उनलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन सर्वोच्चले आदेश दिएको थियो।

त्यसपछि यहि असोज २६ गते रौतहट प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी २०७४ को निर्वाचनमा रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचत भएका थिए।

उनलाई पक्राउ गरिएको विरोधमा रौतहटका कांग्रेस कार्यकर्ताले सोमबार प्रदर्शन गरेका थिए। प्रदर्शन नगर्न सोमबार नै कांग्रेस केन्द्रले निर्देशन दिएको थियो। सांसद आलमलाई मंगलबार अदालतमा पेश गर्न लग्दा भने कांग्रेस कार्यकर्ता प्रदर्शन नगरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

याे पनि पढ्नुस् :
सांसद आलमको सेवासुविधा रोक्का, अदालतको फैसला नआएसम्म निलम्वन नहुने

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्