धरानको मेयरका लागि कांग्रेसका नौ जनाको नाम सिफारिश
धरान, वैशाख ७ : स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले नौ जनाको नाम सिफारिश गरेको छ।कांग्रेस उपमहानगर कार्यसमितिको बैठकले मेयर...
धरान, वैशाख ७ : स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले नौ जनाको नाम सिफारिश गरेको छ।
कांग्रेस उपमहानगर कार्यसमितिको बैठकले मेयर र उपमेयरको नाम सिफारिश गरेको हो। मेयरका लागि तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मीना पुलामीको नाम सिफारिश गरिएको छ। तिलक अहिलेका मेयर हुन्।
त्यस्तै, उपमेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शीला ब्रजाचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिश भएको छ।
उपमहानगर कार्यसमितिले जिल्ला कार्यसमितिलाई नाम सिफारिश गरेको हो। जिल्लाले प्रदेश कार्यसमितिलाई सिफारिश गर्नेछ।
कांग्रेस विधानमा उपमहानगरको मेयर र उपमेयरको टिकट प्रदेश संसदीय समितिले दिने व्यवस्था छ। महानगरको मेयरको भने केन्द्रबाट दिइनेछ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि वैशाख ११ र १२ गते मनोनयन गरिसक्नुपर्नेछ।











