Kathmandu Press

भेरी अस्पताललाई सम्मान

नेपालगञ्ज, वैशाख ७ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताललाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।आर्थिक वर्ष  २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार...
भेरी अस्पताललाई सम्मान

नेपालगञ्ज, वैशाख ७ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताललाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।

आर्थिक वर्ष  २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अस्पताललाई सम्मान गरिएको हो। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई सम्मान प्रदान गरे।

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ। अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरष्कृत तथा सम्मान गरिएको थियो।

प्रकाशित मिति: ०८:०६ बजे, बुधबार, वैशाख ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्