Kathmandu Press

महरालाई अस्पतालबाट जिल्ला अदालत लगिँदै

काठमाडौं, असोज २८ : बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा पेश गरिन लागेको छ।

संसद....

महरालाई अस्पतालबाट जिल्ला अदालत लगिँदै

काठमाडौं, असोज २८ : बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अस्पतालबाटै काठमाडौं जिल्ला अदालतमा पेश गरिन लागेको छ।

संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महरालाई असोज १९ गते पक्राउ गरिएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते नर्भिक अस्पताल भर्ना गरिएको थियो। उनी अझै पनि नर्भिक अस्पतालमै छन्।

उनलाई म्याद थपका लागि जिल्ला अदालत लगिन लागेको हो। उनलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गर्न अदालतबाट अनुमति लिनेछ।

त्यसका लागि उनलाई पहिले जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइनेछ। जिल्ला सरकारी वकिलले महरासँग सोधपुछ गर्नेछन्।

आजै उनलाई अदालतमा पेश गरिने काठमाडौं प्रहरी परिसरले जनाएको छ।

 

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, असोज २८, २०७६