Kathmandu Press

गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं, वैशाख ६ : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा...
गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं, वैशाख ६ : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गरेका छन् । 

गृहमन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको हो । भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्‍याएको योगदानका लागि धन्यवाद व्यक्त गरे ।

उनले उच्च शिक्षा अध्ययन गर्न सानो सङ्ख्यामा भए पनि नेपाली विद्यार्थी कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिए । 

पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन  गर्न कोरियाली पर्यटक नेपाल आउने गरेका छन् । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाणले कोरियाली गाडी, मेसिन र मोबाइललगायतका कोरियाली प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए । उनले नेपालमा कोरियाली लगानीमा सञ्चालित विकास योजना निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहेको जानकारी गराए । 

भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको इपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए । त्यस्तै कोभिडकै कारण कोरियाली पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा पर्यटक आउने सम्भावना बढेको राजदूत चोङ–सुकले बताए ।

अब वर्षमा करिब ३० हजार कोरियाली पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्