Kathmandu Press

एमाले झ्याल र छानाबाट नभएर मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न चाहन्छ : नेम्वाङ

काठमाडौं, वैशाख ६ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई...
एमाले झ्याल र छानाबाट नभएर मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न चाहन्छ : नेम्वाङ

काठमाडौं, वैशाख ६ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन्।

उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गरे। नेम्वाङले बहिखाता लिएर जनतामा हिसाबकिताब देखाउन एमाले तयार रहेको उल्लेख गरे।

टर्चलाइट बालेर एमाले खोज्नुपर्छ भन्नेहरुलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उनको भनाइ छ। उनले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरुको बाक्सा खालि गर्ने धारणा राखे।

त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए। गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाइ छ।

पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जित हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राखे।

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्