Kathmandu Press

‘चुनावका बेला गलत समाचारबाट बच्नुपर्छ’

काठमाडौं, वैशाख ६ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका छन्। उनले भने, 'यस्तो बेलामा ‘फेक न्युज’को कारखाना...
‘चुनावका बेला गलत समाचारबाट बच्नुपर्छ’

काठमाडौं, वैशाख ६ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका छन्। उनले भने, 'यस्तो बेलामा ‘फेक न्युज’को कारखाना नै चल्न सक्ने खतरा रहन्छ, त्यसैले हरेक समाचार छाप्नुअघि सचेत रहनुपर्छ र हरेक सञ्चारगृहले आफ्ना सञ्चारकर्मीलाई यस विषयमा सचेत रहन भन्नुपर्छ।'  

विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्‍याउनुपर्ने उनको सुझाव थियो।

निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा आज आयोजना गरेको सञ्चारकर्मीको एकदिने अभिमुखीकरण कार्यक्रममा उनले मिथ्या सूचना, दुष्प्रचार र गलत समाचारबाट प्रत्येक सञ्चारकर्मी जोगिनुपर्ने बताए।

उनले विश्वसनीयताकै कारण पत्रकारिता जगत् बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयं जुट्न आग्रह गरेका थिए। निर्वाचनका समयमा निर्वाचन आचारसंहितको पालना गर्ने पहिलो पङ्क्तिमा सञ्चारकर्मी हुने भएकाले नै राजनीतिक नेताहरुले आचारसंहिता उल्लङ्घन गरेमा सचेत गराउन सक्ने उनको तर्क थियो।

आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ। काउन्सिलले यही वैशाख १ गतेदेखि रेडियो, टिभी, छापा, अनलाइन र सामाजिक सञ्जालको अनुगमन सुरु गरिसकेको बताउँदै आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गरिने जानकारी पनि उनले दिए। 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्