आचारसंहिताविरुद्धको रिट खारेज, राजीनामापछि मात्र जनप्रतिनिधिकाे उम्मेदवारी
काठमाडौं, वैशाख ६ : निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएको छ। सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले...
काठमाडौं, वैशाख ६ : निर्वाचन आयोगको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन खारेज भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चैत ६ गते दायर गरेको रिट निवेदन खारेज गरेको सर्वाेच्च अदालत स्राेतले जनाएकाे छ।
यो आदेशसँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएर मात्रै उम्मेदवारी दिनुपर्ने भनी आचारसंहितामा गरिएको प्रावधान लागु हुने भएको छ।
शेर्पाले रटिमा राजीनामापछि मात्र म्मेदवारी दिन पाइने आचारसंहिताको प्रावधानले आफ्नो संवैधानिक हकमाथि प्रहार गरेको र निर्वाचनमा उम्मेदवारी दिने अधिकार कुण्ठित हुने उनको जिकिर गरेका थिए।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा अध्यक्ष–मेयरले उपाध्यक्ष–उपमेयरलाई र उपाध्यक्ष–उपमेयरले अध्यक्ष–मेयरसमक्ष राजीनामा दिनुपर्ने व्यवस्था छ।











