Kathmandu Press

यात्रुबाट बढी भाडा लिने व्यवसायीविरुद्ध मुद्दा दर्ता

दिक्तेल, असोज २८ : दशैंको समयमा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जना यातायात व्यवसायीविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ।

तोकि....

यात्रुबाट बढी भाडा लिने व्यवसायीविरुद्ध मुद्दा दर्ता

दिक्तेल, असोज २८ : दशैंको समयमा यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जना यातायात व्यवसायीविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ।

तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउन्टरबाट दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ गरिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पामाथि सोमबार मुद्दा दायर गरिएको छ।

खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही एक हजार चार सय ५० लिनुपर्नेमा दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएको जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही  अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ।

दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले  जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए।

प्रकाशित मिति: १०:१२ बजे, मंगलबार, असोज २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्