Kathmandu Press

एकीकृत समाजवादी अपमान सहन जन्मेकाे पार्टी हाेइन : अध्यक्ष नेपाल

काठमाडौं, वैशाख ६ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न स्थानीय तहमा गठबन्धनबीच चुनावी  तालमेल मिलाउने क्रममा आफ्नो पार्टीले अपमान भोग्नुपरेको...
एकीकृत समाजवादी अपमान सहन जन्मेकाे पार्टी हाेइन : अध्यक्ष नेपाल

काठमाडौं, वैशाख ६ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले विभिन्न स्थानीय तहमा गठबन्धनबीच चुनावी  तालमेल मिलाउने क्रममा आफ्नो पार्टीले अपमान भोग्नुपरेको कुरा आइरहेको बताएका छन्।

राष्ट्रिय सभागृहमा आज (मंगलबार) आयोजित पार्टी एकता तथा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा उनले गठबन्धनभित्र सबै पार्टीले आफ्नो शक्तिको अति मूल्यांकन गर्ने र अरुको शक्तिको अवमूल्‍यन गर्ने काम भएको बताए।

‘अलिकति अपमानपूर्ण ढंगले पनि व्यवहार गर्दै चल्नुभएको छ भन्ने रिपोर्ट आइरहेका छन्,’ अध्यक्ष नेपालले भने, ‘हामी अपमान सहन जन्मेका होइनौं। हामी विद्रोह गरेर जन्मेका छौं।’

उनले आफूहरुलाई आफ्नो शक्तिमा विश्वास भएको बताए।  ‘हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ,’ उनले भने। महानगरपालिका, उपमहानगरपालिका र स्थानीय तहमा तालमेल मिलाउनेबारे छलफल भइरहे पनि सबै ठाउँमा सहमति गर्न गाह्रो भइरहेको उनको भनाइ थियो।

उनले गठबन्धनभित्र सहमति खोज्ने र सहमति नभएका स्थानमा मित्रवत ढंगले प्रतिष्पर्धाका आधारमा जाने टुंगाे लागेको उल्लेख गरे। सात महिनामै मेची देखि महाकालीसम्म पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै आफ्नो पार्टीको भविष्य उज्जल रहेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले जनमुखी स्थानीय सरकार, विकास समृद्धिको आधार नाराका साथ घोषणापत्र सार्वजनिक भएको भन्दै जनताको विकासको चाहना र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए। उनले आफ्नो तहको बिकासको मास्टरप्लानसहित जनतामाझ जान निर्देशन दिए।

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्