सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौं, वैशाख ६ : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजे सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।आज (मंगलबार) साढे ११ बजे तय...
काठमाडौं, वैशाख ६ : सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजे बैठक सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
आज (मंगलबार) साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सारिएकाे थियाे। साे समयमा पनि बस्न नसकेकाे बैठक ३ बजे सुरु भएको हाे।
बैठकमा ६ वटा महानगरपालिका र ११ वटा उपमहानरपालिका मेयरका लागि कुन दललाई साझा उम्मेदवारी बनाउने भनेर टुंगाे लगाइने बताइएकाे छ।
महानगर र उपमहानरबाहेक अन्य स्थानीय तहमा तालमेललाई चुस्त बनाउनेबारे पनि छलफल हुने बताइएकाे छ।
प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











