Kathmandu Press

प्रधानमन्त्री देउवाले भेटे चितवन र कास्कीका सभापित

चितवन, वैशाख ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन र कास्कीका सभापितलाई भेटेका छन्।आज (मंगलबार) बिहान प्रधानमन्त्री देउवाले चितवन जिल्ला सभापति...
प्रधानमन्त्री देउवाले भेटे चितवन र कास्कीका सभापित

चितवन, वैशाख ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन र कास्कीका सभापितलाई भेटेका छन्।

आज (मंगलबार) बिहान प्रधानमन्त्री देउवाले चितवन जिल्ला सभापति राजेश्वर खनाल र कास्कीका सभापतिमा किशोरदत्त बराललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बालुवाटार बोलाएर भेटेका हुन्।

गठबन्धनका शीर्ष नेताहरूबीच स्थानीय निर्वाचनमा तलैसम्म तालमेल गर्ने सहमति भएको छ। ६ महानगर र ११ उपमहानगरको नेतृत्वका लागि कसले कहाँ उम्मेदवारी दिने भन्ने जिम्मेवार िशीर्ष नेतहरुको भए पनि अहिलेसम्म निष्कर्ष निस्कन सकेको छैन। 

स्रोतका अनुसार अन्य महानगरमा टुंगो लागे पनि भरतपुर र पोखराका मेयरका लागि कांग्रेस नेताकार्यकर्ताले आफ्नै पार्टीको हुनुपर्ने दाबी गरिरहेका छन्। भरतपुर माओवादीलाई दिनुपर्ने अवस्था आएको र त्यस्तो अवस्थामा चुनावी परिस्थिति बिग्रन सक्ने भन्दै सम्हाल्नका लागि चितवन सभापति खनाललाई अनुरोध गरिएको जनाइएको छ।

पोखराको मेयरका लागि नेकपा एकीकृत समाजवादीले सशक्त रूपमा दाबी गरिरहेको जनाइएको छ। तर सो पार्टीले पाउने कि नपाउने टुंगो नभए पनि कांग्रेसले छोड्नुपर्ने सिथति आएको स्रोतको भनाइ छ। त्यसकारण सभापति देउवाले कास्की सभापति बरालसँग छलफल गरेको जनाइएको छ।

स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगर मात्र कांग्रेसले देखिएको छ। 

प्रकाशित मिति: १५:२३ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्