नेकपा एकीकृत समाजवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णापाठसहित)
काठमाडाैं, वैशाख ६ : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।काठमाडौंको राष्ट्रियसभा गृहमा आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष...
काठमाडाैं, वैशाख ६ : नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।
काठमाडौंको राष्ट्रियसभा गृहमा आज (मंगलबार) आयोजित एक कार्यक्रमबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले .जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार' नारा दिइएको घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा एमालेबाट विद्रोह गरेर किन नयाँ पार्टी गठन गर्नुपर्यो भन्ने कारण स्पष्ट पार्न विशेष जोड दिइएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले बताए।
घोषणापत्रमा एमालेमा छँदै नेपालको नेतृत्वमा सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरिएको छ।
त्यस्तै २०५१ सालमा तत्कालीन एमाले महासचिव मनमोहन अधिकारीका पालामा बनेको नौ महिने सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऔं’लगायत कार्यक्रम पनि समावेश गरिएको जनाइएको छ।
घोषणापत्रमा जस्तोसुकै परिस्थिति आइलागे पनि लोकतन्त्र, राष्ट्रियता र जनजीविकाको अभियानमा निरन्तर अगाडि बढ्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
त्यस्तै विभिन्न आयोजनाको सुरुवात गरिएको, प्रत्येक घर परिवारलाई मासिक २ सय युनिट बिजुली उपलब्ध गराउने, भ्रष्टाचार निर्मुल पार्ने, हरेक पालिकामा पुस्तकालय बनाउने लगाएतका बिषयलाई घोषणापत्रमा उल्लेख गरिएको छ।
कार्यक्रममा एकीकृत समाजवादी र नेकपा गौरवशालीबीच एकीकरण घोषणा गरिएको थियो ।











