Kathmandu Press

१० हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

१० हजारभन्दा बढीलाई स्वास्थ्य सेवा

कञ्चनपुर, वैशाख ६ : भीमदत्त नगरपालिका-२ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रले १० हजार ८०० जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। 

केन्द्रका अनुसार ३४५ जनालाई परिवार नियोजन सेवा, २६४ जनालाई सुरक्षित मातृत्वअन्तर्गत झूल वितरण, ७८२ बालबालिकालाई नियमित खोप सेवा दिइएको छ।

लक्षित समूहअन्तर्गत आठ हजार ६६४ जनालाई कोरोनाविरुद्धको खोप, १५ महिना देखि १५ सम्मका एक हजार ४७८ बालबालिकालाई टाइफाइड विरुद्धको खोपलक्षित समूहका ७८२ बालबालिकालाई पोषणसम्बन्धी सेवा दिइएको केन्द्रले जनाएको छ। 

Hardik ivf

पाँच वर्षमुनिका तीन हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने काम सम्पन्न भएको छ। 

आर्थिक रुपमा विपन्न अवस्थामा रहेका वडाका छ परिवारको घरको फुसको छानो हटाई जस्तापाता राखिएको छ। यसैबीच आर्थिक अवस्था कमजोर रहेका परिवारका युवाहरुको छनोट गरी वडा कार्यालयले स्वरोगारमूलक कार्यक्रम सञ्चालन गर्नका लागि तालिम दिएको छ। १५ जना युवालाई गुडिया, ६० जनालाई इलेक्ट्रिसियन र २० जनालाई ब्युटिपार्लरसम्बन्धी तालिम दिइएको छ।

वडामा रहेका विपन्न चारजनालाई माछा पोखरी निर्माण, दुई जनालाई मासु पसल सञ्चालन, १५ जनालाई स्थानीय जातका कुखुरापालन र एक जनालाई बङ्गुरपालनका लागि रु. ५० हजारदेखि रु. एक लाखका दरले अनुदान रकम उपलब्ध गराइएको कार्यालयले जनाएको छ।

यसैगरी,  कार्यालयले ९१ जना किसानलाई बाख्रा वितरण गरिएको उल्लेख गर्दै वडाध्यक्ष डम्बर सिंह कार्कीले तरकारी खेतीका लागि ३२ वटा प्लास्टिक टनेलसमेत निर्माण समेत निर्माण समेत गरेको छ।  

कार्यालयले नौ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको जनाएको छ। ३० किलोमिटर कच्ची सडकमा ग्राभेल राख्ने कार्यसँगै चार किलोमिटर सडकमा पानी पिच गरी स्तरोन्नतिको कार्य गरिएको छ। आठ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको छ।

भाँसी खोला र काङ्गला खोलाका विभिन्न स्थानमा गरी १ दशमलव ५ किलोमिटर तटबन्ध निर्माणको कार्य गरिएको छ। वडा कार्यालय भवन निर्माणका लागि जग्गा दाताबाट दुई कट्ठा जमिन प्राप्त गरी कार्यालय भवन निर्माणको कार्य पूरा भएको जनाइएको छ।  ५५ स्थानमा ह्युम पाइप राख्ने कार्यसँगै नौवटा कल्भर्ट निर्माण गरिएका छन्। काङ्ला खोलामा झोलुङ्गेपुल निर्माणको पूरा भएको छ। 

कनकट्टी खोलामा पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया प्रारम्भ गरिएको छ। किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि १६ थान बोरिङ वितरण गर्ने कार्यसँगै ३१ किलोमिटर खानेपानीलाई विस्तारको कार्यसमेत गरिएको छ। यसै क्रममा वडामा १० वटा मन्दिर र थारू समुदायका थुनुवा निर्माणको कार्य गरिएको जनाइएको छ। 

वडामा एक हजार ५८६ घरघुरी रहेकामा जनसङ्ख्या सात हजार २५२ रहेको छ। टोल विकास संस्थाको सङ्ख्या भने ३१ छन्। वडामा आदिवासी जनजाति थारू समुदायसँगै बाहुन, क्षेत्री, ठकुरी र दलितको मिश्रित बसोबास रहेको छ।

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्