Kathmandu Press

बेनी–जोमसोम सडक दैनिक चार घन्टा यातायात बन्द गरिने

म्याग्दी, वैशाख ६ : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ। म्याग्दी र मुस्ताङको...
बेनी–जोमसोम सडक दैनिक चार घन्टा यातायात बन्द गरिने

म्याग्दी, वैशाख ६ : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक चार घण्टा यातायात बन्द गरिने भएको छ। 

म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिर–घाँसा खण्डमा विस्फोटक पदार्थको प्रयोग गरी पहाड फुटाएर सडक विस्तार गर्न २०७९ वैशाख ७ देखि २० गतेसम्म दैनिक चार घण्टा सवारी साधन आवतजावत बन्द गर्न लागिएको हो। 

Hardik ivf

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले घाँसा–काभ्रेभिर खण्डमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरेर सडक विस्तारको काम गर्ने निर्णय भएको जानकारी दिए। यसअघि गत माघ १० गतेदेखि बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ चैतै दसैंमा मुस्ताङ जाने आउने तीर्थयात्री र पर्यटकको चाप बढेपछि चैत १५ गतेदेखि हटाइएको थियो। 

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक निर्माणको कामलाई तीव्रता दिन र सुरक्षालाई ध्यानमा राखेर सवारी साधन र काम गर्ने समयतालिका बनाइएको बताए।  

२०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ। हालसम्म मुस्ताङको छवटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ। ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको सातमध्ये छवटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्। ७६ किलोमिटर दूरीको बेनी–जोमसोमको चारवटामध्ये एकवटा प्याकेजको कालोपत्र सकिन लागेको र अर्को प्याकेज कालोपत्रको तयारीमा छ। 

आठवटा मोटर चल्ने पुल निर्माण सकिएका छन्। थप एकवटा निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन्। थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ। 

आयोजनाअन्तर्गत बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि वैशाख ३ गतेदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ। २०७९ साल वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिनेछ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ। 

प्रकाशित मिति: १४:३९ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्