Kathmandu Press

सत्ता गठबन्धन देखेर ओली थर्थरी कामेका छन् : पाैडेल

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन देखेर एमाले अध्यक्ष केपी ओली आत्तिएको बताएका छन्।नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस तथा...
सत्ता गठबन्धन देखेर ओली थर्थरी कामेका छन् : पाैडेल

काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन देखेर एमाले अध्यक्ष केपी ओली आत्तिएको बताएका छन्।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा आज(मंगलबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन बनेपछि ओली आत्तिएका छन्। उनी थर्थरी कामेका छन्। हतास बन्न पुगेका छन्। त्यसकारण बोल्दा सन्तुलन समेत गुमाउन थालेका छन्।’

हालै एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलसँग चुनावी तालमेलका लागि गरेको सहमतिलाई संकेत गर्दै उनले ओली हतास भएर जुनसुकै शक्तिसँग पनि तालमेल गर्दै हिँडिरहेको तर्क गरे।

उनले अहिलेको बन्नुको पछाडि ओली नै कारण बनेर रहेको  बताए। ‘ओलीले संविधार र व्यवस्था सिध्याउन खोजेपछि गठबन्धन बनेको हो। अब देशलाई पार लगाएर मात्रै गठबन्धन छुट्टिनेछ,’ उनले भने।

उनले खालि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै गठबन्धन नबनेको स्पष्ट पारे। उनले गठबन्धनको भावनालाई आत्मसात् गर्न कांग्रेस नेताकार्यकर्तालाई आग्रह गरे। 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्