गठबन्धन टुटाउन धेरै षड्यन्त्र भइरहेकाे छ : देउवा
काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनलाई फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस...
काठमाडौं, वैशाख ६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनलाई फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।
नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवस तथा वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन टुट्यो भने कांग्रेसले सत्ताबाहिर रहनुपर्ने सिथति आउन सक्ने भन्दै जसरी भए पनि गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिनसपर्नेमा उनले जोड दिए।
‘अहिले हाम्रो गठबन्धन टुटाउने धेरै षडयन्त्र भइरहेको छ। यो टुट्यो भने त्यही हालत हुने हो जस्तो प्रचण्ड र ओली मिलेपछि भएको थियो,’ उनले भने।
तत्कालीन सरकारमा समस्या आएपछि प्रधानमन्त्री बनिदेऊ भनेपछि मात्रै आफू सत्तामा आएको उनको भनाइ थियो।
‘गठबन्धन टुट्नेबित्तिकै अन्य दलहरु फेरि एमालेसँग मिल्न जान्छन् र कांग्रेस सत्ताबाहिर रहनुपर्छ,’ उनले भने, ‘गठबन्धनमा मिलेर जानुपर्छ, यसलाई जोगाउनुपर्छ।'
उनले गठबन्धनमा केही लेनदेन हुने भएकाले सबै भाग कांग्रेस मात्र खोजेर पनि नहुने बताए।सबै कुरा कांग्रेसलाई नै दिन गठबन्धन नबनेको उनले स्पष्ट पारे।
‘उनीहरुले पनि केही पाउन गठबन्धन गरेका हुन्। उनीहरुले पनि कांग्रेस ठुलै होस्, हामी सानै पार्टी भएर बस्छौं भनेका छन्,’ देउवाले भने, ‘पोखरामा हाम्रै मुख्यमन्त्री छ। धेरै ठाउँमा मन्त्रीमा भाग पाएकै छौं। सुदूरपश्चिममा पनि सरकारमा छौँ र कर्णालीमा भागबन्डाबाटै मुख्यमन्त्री पाएका छौं।’











