तोकिएको मितिमै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न आयोग तयार : थपलिया
काठमाडाैं, वैशाख ६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएको छ।मंगलबार आयोगले काठमाडौंमा आयोजना...
काठमाडाैं, वैशाख ६ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएको छ।
मंगलबार आयोगले काठमाडौंमा आयोजना गरेको मिडिया अन्तरक्रिया कार्यक्रममा थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गर्दै तोकिएको मितिमा नै स्वच्छ र निष्पक्ष निर्वाचन गर्न निर्वाचन आयोग तयार रहेको बताएका हुन्।
उनले निर्वाचनका लागि वैशाख ८ गते सवै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिए। थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र प्रचार प्रसारको अवधि पनि बढाइएको बताए। यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई पनि सच्याएर आयोग अघि बढेको उनले बताए।
उनले आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन गर्नु सवै पक्षको दायित्व भएको र आफ्नो परिक्षा आफै लिएर यसको पालना गर्न सुझाव दिए।
त्यस्तै उनले निर्वाचनको मौन अवधिमा देशभर मदिरा बिक्री वितरण नगर्ननगराउन प्रस्ताव गरिएको जानकारी दिए।











