Kathmandu Press

बाँकेमा सात हतियार मात्रै बुझाइयो

बाँके, बैशाख ६ : बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएको छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात...
बाँकेमा सात हतियार मात्रै बुझाइयो

बाँके, बैशाख ६ : बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई  बेवास्ता गरेको पाइएको छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए।

इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो। स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र  जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो।  

कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो। इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो। जिल्लामा ५५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएका थिए। सहायक प्रजिअ तथा सूचना अधिकारी हरिप्रसाद शर्माले केही दिनभित्रै सो सम्बन्धमा निर्णयमा पुगिने जानकारी दिए।

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्