एम्स्टरड्यामलाई कारमुक्त सहर बनाउने
एम्स्टरड्याम साइकलका लागि प्रख्यात छ। डच राजधानीमा अन्दाजी दुई तिहाइ शहरी यात्रा साइकलमै हुन्छ। मात्रै १९ प्रतिशत नागरिकले दैनिक कार प्रयोग गर्छन्।
तर शहरमा कार....
एम्स्टरड्याम साइकलका लागि प्रख्यात छ। डच राजधानीमा अन्दाजी दुई तिहाइ शहरी यात्रा साइकलमै हुन्छ। मात्रै १९ प्रतिशत नागरिकले दैनिक कार प्रयोग गर्छन्।
तर शहरमा कारको संख्या धेरै छ। अनि सबैको टाउको दुखाइको विषय बन्न थालेका छन्। साइकल चलाउनेहरू साइकल चलाउने स्थान र सिमीत पार्किङका लागि तँछाडमछाड गर्छन्। यसले बटुवालाई अप्ठ्यारोमा पार्ने गरेको छ। उनीहरू हिँड्ने बाटो साइकलले भरिएका हुन्छन्।
यो समस्या समाधान गर्दै “कारमुक्त शहर” बन्ने लक्ष्यसहित एम्स्टरड्याम एल्डरपर्सन अर्थात् नगर परिषद्का सदस्य श्यारोन डाइक्समाले नयाँ उपायहरूको घोषणा गरेकी छिन्। जस अन्तर्गत एकतर्फी प्रणाली, रोडवे न्यारोविङ लागु गरिएका छन्। कारको प्रयोग घटाउनलाई सन् २०२१ देखि सप्ताहन्तमा पनि एम्स्टरड्याम मेट्रो रातभरि खुला रहने घोषणा गरिएको छ। सोही वर्षदेखि १२ वर्षभन्दा मुनिका बालबालिकाका लागि सप्ताहन्तमा ट्रान्जिट शुल्क लाग्ने छैन। त्यसैगरि सिटि हलले अझ कडा नियम ल्याउने तयारी थालेको छ। थ्रु ट्राफिकमा कडाइ गर्नेभन्दा पनि निषेध गर्नेबारे विचार भइरहेको छ।
शहरले सन् २०३० देखि ग्याँस र डिजेलबाट चल्ने सबै कारमा प्रतिबन्ध लगाउने लगायत कारमुक्त शहर तयारीका लागि महत्त्वाकांक्षी योजना बनाएको छ। विद्युतीय सवारी साधन त्यसको एउटा विकल्प हुनसक्छ तर शुन्य उत्सर्जन भविष्य र विस्तारित विद्युतीय सवारी साधनको भीडका लागि चार्जिङ सञ्जाल सिर्जना गर्नुका व्यवस्थापकिय जटिलताको समाधान सजिलो हुने छैन।
कारमुक्त भविष्य निर्माणका लागि एम्स्टरड्यामले प्रयोग गरिरहेका औजार ठूला बाधा वा लगानी आवश्यक पर्दैन। “कटौती”ले यसमा ठूलो भूमिका खेलेको छ। यसका लागि एउटा लामो सडकको छोटो बाटो बन्द गर्नुपर्छ। ती अधिकांश सडकहरू डेलिभरी, पिक अप र ड्रप अफका लागि प्रयोग गर्न मिल्ने भए पनि शहर पार गर्नलाई यो काम लाग्दैन।
एमस्टरड्यामले यसलाई केहि समयदेखि प्रयोग गरिरहेको छ। उदाहरणका लागि अहिले कार चढेर शहरको सेन्ट्रल स्टेशनसम्म र त्यहाँ फर्केर आउन सकिन्छ। तर सिधै त्यहाँ भएर कार चलाउन मिल्दैन। यसले बटुवा र ट्रामका लागि प्रशस्त स्थान उपलब्ध गराउँछ। थप “सेन्ट्रल स्ट्रिट”मा यस्तै हुनेछ। बाँकीलाई कि त एकतर्फी नभए उनीहरूको कार लेन साँघुरो बनाइनेछ। यसरी कटौती भएपछि सडकको ट्राफिक ७० प्रतिशतले घट्ने शहरको बुझाइ छ।
यदि सवारी चालकका लागि यो कठिनाइ हुन्छ भने उनीहरूको चाहना पनि त्यहि हो। शहरको केन्द्रबाट कारहरू धपाउनु सन् २०३० सम्म उत्सर्जनमुक्त हुने लक्ष्यको समाधान होइन। बरू चालकको आवश्यकता अनुरूप नहुने ९कम्तिमा डच मापदण्ड अनुसार० सडक प्रणालीको पुनर्सन्तुलन गर्नु नै यसको मूलभूत उद्देश्य हो। भविष्यमा मध्य एम्स्टरड्याम भएर सवारी चलाउन प्रतिबन्ध हुनसक्छ। कारको नियमन क्यामेराबाट गर्न सकिन्छ भन्नेबारे शहरले विचार गरिरहेको छ। यो प्रविधि लन्डनको केन्द्रीय “कन्जेसन चार्ज जोन” व्यवस्थापन गर्न प्रयोग भइरहेको छ।
अर्को उपायबारे पनि बहस भइरहेको छ। बोलाएको खण्डमा वा कसैलाई पुर्याउनुपरे मात्रै ट्याक्सीलाई मध्य एम्स्टरड्याममा प्रवेश दिन सकिन्छ। यसले खाली ट्याक्सीले सडक साँघुरो हुनबाट जोगाउँछ।
तर यो पनि बहसको विषय हो। यसबारे नगरले छलफल गरिरहेको छ। भावी नीति भइसकेको छैन। यद्यपि यसले एम्स्टरड्यामको यात्राको दिशा देखाउँछ। वर्षौंदेखि शहरले पार्किङ स्थल प्रणालीगत रूपमै कटौती गर्दै आएको छ। सन् २०१८ मा शहर पार हुँदै जाने कारको मुख्य पूर्व पश्चिम मार्ग काट्यो। अब मध्य शहर हुँदै कार चलाउनु इतिहासको कुरा बन्ने देखिन्छ। महिनैपिच्छे र वर्षैपिच्छे एम्स्टरड्यामभित्र कार प्रवेश गर्ने स्थानहरू घट्दै गएका छन्।