नयाँ वर्षको अवसरमा क्रिस्टल ल्याबमा स्वास्थ्य परीक्षण गराउँदा ५० प्रतिशतसम्म छुट
काठमाडाैं, बैशाख ६ : नयाँ वर्षकाे उपलक्ष्यमा सिनामंगलस्थित रहेको क्रिस्टल डायगनोस्टिक ल्याबले भारी छुटसिहत विभिन्न प्याकेजहरू ल्याएकाे छ। तीन क्याटाेगाेरीमा विभिन्न प्याकेजहरूलाई वर्गीकरण...
काठमाडाैं, बैशाख ६ : नयाँ वर्षकाे उपलक्ष्यमा सिनामंगलस्थित रहेको क्रिस्टल डायगनोस्टिक ल्याबले भारी छुटसिहत विभिन्न प्याकेजहरू ल्याएकाे छ। तीन क्याटाेगाेरीमा विभिन्न प्याकेजहरूलाई वर्गीकरण गर्दै आधारभूत स्वास्थ्य जाँचमा ५० प्रतिशतसम्म छुट दिइएकाे छ।
क्रिस्टलका तीन प्याकेजहरुमा सिल्भर, गोल्ड र प्लाटिनम हेल्थ प्याकेज रहेका छन्। जसमा आधारभूत स्वास्थ्य परीक्षणदेखि भिटामिन, हाडजोर्नीसँगै हृदयरोगसम्मका महत्त्वपूर्ण परीक्षणहरु समावेश गरिएका छन्।
क्रिस्टल ल्याबका अनुसार सिल्भर प्याकेजको २ हजार ५ सय रुपैयाँ, गोल्डको ५ हजार र प्लाटिनमको ६ हजार ५ सयमा विभिन्न परीक्षणहरु हुनेछन्।
काठमाडौं, धरान, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोडमा क्रिस्टलले सुरक्षित रुपमा होम स्याम्पल कलेक्सन गर्ने पनि व्यवस्था समेत गरेकाे छ।
नेपाल सरकारबाट 'ए' ग्रेडको मान्यता पाएको र अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आइएसओ ९००१ः२०१५ को मान्यता प्राप्त क्रिस्टल ल्याब नेपालमा सबैभन्दा धेरै कोरोनाभाइरस परीक्षण गर्ने ल्याबमध्येको एक हो। अन्तर्राष्ट्रिय अत्याधुनिक सामानहरुसहित खुलेको यो ल्याबले अहिलेसम्म ४ लाखभन्दा बढी परीक्षण गरिसकेको जनाएकाे छ।













