सुन प्रतितोला ४०० रूपैयाँले घट्यो
काठमाडाैं, बैशाख ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेर एक लाख दुई हजार १०० रूपैयाँ पुगेको छ। अघिल्लो...
काठमाडाैं, बैशाख ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले घटेर एक लाख दुई हजार १०० रूपैयाँ पुगेको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६०० रूपैयाँ तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार रूपैयाँ थियो।
त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला एक हजार ४२० रूपैयाँ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४९ बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











