Kathmandu Press

सत्ता गठबन्धनको बैठक दिउँसाे २ बजे बस्ने

मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे सत्ता गठबन्धनको बैठक सरेकाे छ।
सत्ता गठबन्धनको बैठक दिउँसाे २ बजे बस्ने

काठमाडाैं, बैशाख ६ : मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे सत्ता गठबन्धनको  बैठक सरेकाे छ। आगामी बैठक दिउँसाे २ बजे बस्ने तय भएकाे छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार ११ बजे बस्ने भनिएकाे बैठक २ बजेलाई सारिएकाेह हाे।

बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ।

सोमबार पनि दुई पटक गठबन्धनको बैठक बसेको थियो। दुवै पटक बसेको बैठकमा सहमति जुट्न सकेको थिएन।

६ वटा महानगरमध्ये तीन वटा महानगरमा कांग्रेसलाई मेयर दिने र बाँकी तीन महानगरमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई दिने विषयमा छलफल चलिरहेको छ।

प्रकाशित मिति: ११:०१ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्