ललितपुर महानगरकाे मेयरमा विवेकशील साझाबाट उज्जलकृष्ण श्रेष्ठले उम्मेद्वारी दिने
काठमाडाैं, बैशाख ६ : ललितपुर महानगरपालिकाकाे मेयरमा उज्वलकृष्ण श्रेष्ठ उठ्ने भएका छन्र। मंगलबार दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा श्रेष्ठले उमेद्वारीकाे...
काठमाडाैं, बैशाख ६ : ललितपुर महानगरपालिकाकाे मेयरमा उज्वलकृष्ण श्रेष्ठ उठ्ने भएका छन्र। मंगलबार दिउँसो २ बजे पाटन दरबारस्थित भीमसेन मन्दिर क्षेत्रमा श्रेष्ठले उमेद्वारीकाे घाेषणा गर्ने कार्यक्रम रहेकाे छ।
विवेकशील साझा पार्टीले श्रेष्ठलाई वैशाख ३० मा हुने स्थानीय चुनावका लागि महानगरकाे मेयर पदमा श्रेष्ठलाई उठाउन लागेको हो। श्रेष्ठ ०७४ मा ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार थिए।
यसअघि विवेकशील साझाले काठमाडौंमा समीक्षा बास्कोटालाई मेयर र कीर्ति तुलाधरलाई उपमेयर उठाउने घोषणा गरेको थियो।
प्रकाशित मिति: १०:४० बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











