Kathmandu Press

एनआरएनए सम्मेलन : राजधानीका तारेहोटल भरिभराऊ, नेतृत्वका लागि आचार्य र पन्त भिड्दै 

काठमाडौं, असोज २७ : गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुदैंछ। 

राजधानीको हायत होटलमा तीन दिनसम्....

एनआरएनए सम्मेलन : राजधानीका तारेहोटल भरिभराऊ, नेतृत्वका लागि आचार्य र पन्त भिड्दै 

काठमाडौं, असोज २७ : गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुदैंछ। 

राजधानीको हायत होटलमा तीन दिनसम्म चल्ने नवौं विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व समेत चयन गर्ने छ। सम्मेलनमा भाग लिन विश्वका ५० भन्दा बढि देशबाट तीन हजारभन्दा बढी प्रतिनिधिहरु काठमाडौं आएका छन् । अहिले काठमाडौंका तारे होटलहरु एनआरएनएले भरिभराउ छन्।    

सम्मेलको राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विश्व सम्मेलनमा आर्थिक समृद्धिका लागि विभिन्न क्षेत्रका विज्ञहरुसँग बहस गर्ने कार्यतालिका रहेको छ। 

‘म र मेरो एनआरएनए, मेरो नेपाल’ भन्ने नाराका साथ शुरु हुने विश्व सम्मेलनको समापन समारोहमा भने प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली छन्। मुख्य आयोजक नेपाल सरकार रहने सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघले समेत सहकार्य गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । ‘सम्मेलनका सम्पूर्ण तयारी पुरा भएको छ । विश्वभरबाट प्रतिनिधिहरु काठमाडौं आइसकेका छन्,’ अध्यक्ष भट्टले भने। 

सम्मेलनमा अध्यक्षले आफ्नो प्रतिवेदन पेश गर्नुका साथै आर्थिक, सांगठनिक प्रतिवेदन पनि पेश हुनेछ । यस्तै सबै राष्ट्रिय समन्वय परिषद्को एकमुष्ट कार्यप्रगति सम्बन्धित क्षेत्रिय संयोजकहरुले प्रस्तुत गर्नेछन्। 

सम्मेलनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुदैं छन् । नेतृत्व चयनका लागि हुने निर्वाचन करिब ४ घण्टामै सक्नेगरी निर्वाचन कमिटीलाई निर्देशन दिइएको छ। 

अफ्रिका, अमेरिका, एशिया प्रशान्त, युरोप, मध्यपूर्व र ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको महाधिवेशन सम्पन्न भई अन्तर्राष्ट्रिय महाधिवेशन मतदान अधिकार सहितका प्रतिनिधिहरु चयनको कार्य भएका छन्। 

विश्व सम्मेलनमा भग लिन मध्यपूर्व, मलेशिया, अफ्रिकाका गैरआवासीय नेपालीहरु र नेपाल भित्रका इच्छुक नेपाली नागरिकहरुको लागि १०० अमेरिकी डलर र यस बाहेक  गैरआवासीय नेपालीहरुका लागि २०० अमेरिकी डलर प्रतिनिधि शुल्क तोकिएको छ।

नेतृत्वमा आचार्य र पन्त भिड्दै 

निर्वाचनले महाधिवेशनले चयन गर्ने कुल १२ पदमा ४२ जनाको निर्वाचन हुने भएको छ । बुधबार उम्मेदवारको मनोनयन दर्ता प्रक्रियादेखि मतदानको प्रक्रियासम्म चल्नेछ । बुधबार दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म मतदान भइसक्ने र निर्वाचन सम्पन्न भएको एक घण्टामा मतगणना सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। 

एनआरएनएको अध्यक्षका लागि जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा छन् । संघको आठौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा दुबैजना उपाध्यक्ष पदमा विजयी बनेका थिए । 

संघको विश्व सम्मलेनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १, १ जना निर्वाचित हुनेछन्।
 
प्रत्येक क्षेत्रीय समितिबाट एक एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वा्चित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन्। 

विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २, २ जना क्षेत्रीय उपसंयोजक छानिने छन्। 

उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १, १ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १, १ जनाका दरले ६÷६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ।
 

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, असोज २७, २०७६