Kathmandu Press

काडिचसँग घरमै हार्‍यो बार्सिलोना

काठमाडौं, वैशाख ६ : ला लिगामा बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ।सोमबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना काडिच सिटीसँग १–० ले...
काडिचसँग घरमै हार्‍यो बार्सिलोना

काठमाडौं, वैशाख ६ : ला लिगामा बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ।

सोमबार घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोना काडिच सिटीसँग १–० ले पराजित भएको हो। बार्सिलोनाविरुद्ध काडिचलाई जित दिलाउन ४८औं मिनेटमा लुकास पेरेजले निर्णायक गोल गरे।

खेलमा अधिकांश सयम काडिचलाई दबाबमा राखे पनि बार्सिलोनाले गोल भने गर्न सकेन। ७६ प्रतिशत बल पोजेसन बनाउँदै १८ सट प्रहार गर्दा ६ सट फ्रेममा थियो। यता, काडिचले ६ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

यो हारसँगै बार्सिलोनाको १५ खेल लामो अपराजित यात्रामा पूर्णविराम लागेको छ। बार्सिलाना डिसेम्बर ४ यता ला लिगामा पहिलो पटक पराजित भएको हो।

बार्सिलोना पराजित भएसँगै ला लिगाको उपाधि यात्रामा रियल मड्रिड थप बलियो भएको छ। शीर्ष स्थानमा उसले १५ अंकको अग्रता बनाएको छ।

रियलले ३२ खेलमा ७५ अंक जोडेको छ भने दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका बार्सिलोना, सेभिया र एट्लेटिको मड्रिडको समान ६० अंक छ। यद्यपि बार्सिलोनाले १ खेल कम खेलेको छ।

यता, बार्सिलोनामाथिको जितसँगै काडिचले पनि रेलिगेसन जोन छाडेको छ। ३१ अंकसहित १६औं स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: ०८:३५ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्