निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
काठमाडौं, वैशाख ६ : सरकारले छानबिन शुरु गरेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।उनले...
काठमाडौं, वैशाख ६ : सरकारले छानबिन शुरु गरेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।
उनले पदीय जिम्मेवारीअनुसार, काम नगरेको भन्दै सरकारले चैत २५ गते छानबिन समिति गठन गरेको थियो। राष्ट्र बैंक ऐन २०५८ अनुसार छानबिन समिति गठन गरेसँगै गभर्नर निलम्बनमा पर्छन्।
आफूमाथि भइरहेको छानबिन विरुद्ध अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमाथि आज पहिलो सुनुवाइ तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।
उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएका छन्। रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरेका छन्।
प्रकाशित मिति: ०८:०० बजे, मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











