Kathmandu Press

विदेशी सैनिकसहित ‘कमान्ड तथा स्टाफ’ तालिम शुरू

काठमाडौं, वैशाख ६: नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमान्ड तथा स्टाफ तालिम’...
विदेशी सैनिकसहित ‘कमान्ड तथा स्टाफ’ तालिम शुरू

काठमाडौं, वैशाख ६: नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमान्ड तथा स्टाफ तालिम’ शुरू भएको छ।

नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र अमेरिकाका एक–एक सैनिक अधिकृत तालिममा समावेश रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

मध्यम तहका अधिकृतको नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण मानिएको उक्त तालिमबाट हालसम्म सेनाका १० हजार ४०, विदेशी ९९, नेपाल प्रहरीका १३, सशस्त्र प्रहरी बलका २५, राष्ट्रिय अनुसन्धान विभागका १६ र रक्षा मन्त्रालय एकसमेत गरी एक हजार १९४ शिक्षार्थी अधिकृत दीक्षित भइसकेका छन्।

बलाधिकृत रथी बालकृष्ण कार्कीले तालिमको शुभारम्भ गर्दै नेतृत्व विकासका लागि तालिम महत्वपूर्ण सावित हुने बताए। सेनालगायतका सुरक्षा फौज माथिल्लो तहको अधिकृतका लागि उक्त तालिम अनिवार्य मानिदै आएको छ।

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्