Kathmandu Press

विद्युत लाइन सर्ट हुँदा आगलागी, तीन घर जलेर नष्ट

राजविराज, वैशाख ६ : विद्युत लाइन सर्ट हुँदा सप्तरीमा आगलागी भएको छ।सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा गएराति आगलागी भएको हो। आगलागीमा तीन घर जलेर...
विद्युत लाइन सर्ट हुँदा आगलागी, तीन घर जलेर नष्ट

राजविराज, वैशाख ६ : विद्युत लाइन सर्ट हुँदा सप्तरीमा आगलागी भएको छ।

सप्तरीको सुरुङ्गा नगरपालिका–३ मा गएराति आगलागी भएको हो। आगलागीमा तीन घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएका हुन्। विद्युत् लाइन सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ।

आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लहान नगरपालिकाको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। 

प्रकाशित मिति: ०६:२५ बजे, मंगलबार, वैशाख ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्